काठमाडाैं । प्रतिनिधि सभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सत्तापक्ष र प्रतिपक्षका सांसद्काे एकै स्वरकाे समर्थनसहित सैद्धान्तिक छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन । बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा करिब एक मिनेट सम्म तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेस गर्न सांसदहरुलाई ७२ घण्टाको समय उ दिइएको छ ।
सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर् संविधान संशोधनसँग जोडिएका अन्य विषयमा आगामी दिनमा छलफल गरिने बताउनुभयो ।
ऐतिहासिक छलफलमा भाग लिएर सांसद्हरूले नेपाल सरकारलाई थप उर्जा र साहस दिनुभएकाेमा उहाँले धन्यवाद् समेत दिनुभएकाे छ ।
उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको समेत बताउनुभयाे ।
'हामी हाम्रो भूमि फिर्ता लिएरै छाड्छाैं, त्याे भूभाग हाम्राे हाे, त्याे भोगचलन गरेरै छाड्छौँ' भन्दै उहाँले भन्नुभयो, 'त्यसकारण हामी राष्ट्रियताका सवालमा एकजुट हाैं ,'
