काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीले बुधबार बिहान प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री अाेलीले प्रतिनिधि सभालाई सम्बाेधन गर्न लाग्नु भएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
बैठक बिहान ११ बजे बस्दैछ । बैठककाे सम्भावित कार्यसूचीमा प्रधानमन्त्री अाेली उपस्थित हुने उल्लेख छ ।
मंगलबार बसेकाे बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियाे । अाठ घण्टा चलेकाे साे बैठकमा प्रधानमन्त्री अाेली पूरै समय बस्नुभएकाे थियाे ।
प्रधानमन्त्री ओलीले काेराेना राेकथाम तथा नियन्त्रण, मानचित्रसम्बन्धि संविधान संशाेधन विधेयक, बजेट लगायत विषयमा उठेका प्रश्नहरुकाे जवाफ दिनुहुनेछ ।
यसअघि प्रधानमन्त्री अाेलीले ६ जेठमा प्रतिनिधि सभालाई सम्बाेधन गर्नुभएकाे थियाे ।
