काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्धको प्रचार गणतन्त्रमाथिकाे प्रहार भएकाे बताउनु भएकाे छ ।
प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट विनियोजनबारे सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री अाेलीले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको बताउँनुभयाे ।
उहाँले भन्नुभयाे - 'राष्ट्रपतिविरुद्ध लगातार हरेक स-साना निहुँमा अाक्रमणकाे अाराेप लगाइन्छ यसलाई मैले गणतन्त्रविरुद्धकै साजिसकाे रुपमा लिएकाे छु, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई स्थापित गर्न खोजिएको हो ।'
यस्ताे खालकाे विराेधकाे शैली गणतन्त्र विरुद्ध रहेकाे स्पष्ट पार्दै उहाँले भन्नुभयाे - ‘के गर्नुपर्थ्याे त राष्ट्रपतिले ? चुप लागेर बसेको छ, त्यो भन्दा बढी के गर्नुपर्थ्याे ? त्यसैले गणतन्त्र र लोकतन्त्रसँग लक्षित हो, यस्तो कुरामा हामी हौसिन हुँदैन ।’
राष्ट्रपति कार्यलयका लागि किनिएको सामग्रीको विरोधले गणतन्त्रकै विरोध भएको प्रधानमन्त्री अाेलीले बताउनुभयाे । राष्ट्रपति संस्थालाई निष्पक्ष र मर्यादित संस्थाका रुपमा हेर्नुपर्ने उहाँले बताउनुभयाे ।
‘गणतन्त्रको विरोध गर्न मन लाग्यो भने राष्ट्रपति प्रति खनिने, प्रहार गर्ने गरिएको छ, कुर्सी कसले किन्याे, कार्पेट कसले किन्यो कहाँ राख्याे भन्ने कुरा राष्ट्रपतिलाई थाहा हुन्छ ?’ - उहाँले भन्नुभयाे ।
चाैरी चिटिक्क पार, काेराेनाविरुद्ध नलड, याे किन त्याे किन भन्ने काम राष्ट्रपतिकाे नभएकाे उहाँले बताउनुभयाे ।
केही मानिस र मिडिया उद्देश्यमूलक ढंगले लागेकाे पनि उहाँले बताउनुभयाे । अनियमिता र भष्ट्रचार भए सरकारले कारबाही गर्ने बताउँदै उहाँले सामग्री खरिद गर्नासाथ भ्रष्टाचार भयाे भन्ने साेँच ल्याग्न अाग्रह गर्नुभयाे ।
'राम्रो कुरा गर्न नजान्ने नगर्ने नराम्रो कुरा आफ्ने धर्म ठान्ने मिडिया देखको छु,यदि कुनै अनियमितता देखिए छानबिन गरेर कारबाही गर्छौं भनेकै छाैं, खरिद गर्नासाथ भ्रष्टाचार देख्ने र उदेश्यमूलक ढंगले लाग्ने काम बन्द गर्नुस्'- उहाँले भन्नुभयाे ।
