काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले दाग लाग्ने गरी कुनैपनि काम नगरेको स्पष्ट पार्नु भएकाे छ ।
विनियोजन विधेयकमाथिको छलफलमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भन्नुभयो, ‘राजनीति अलि क्रुर हुन्छ भन्थे अनुभव गर्दैछु ।’
सांसद्हरुको प्रश्नको जवाफ दिँदै खतिवडाले भन्नुभयो- ‘कहिलेकाहीँ छिटा लगाउने प्रयास गरिन्छ, मेरो सार्वजनिक जीवनको हिजो र भोलि पनि हेर्नुहोला ।’
कतिपय सांसद्ले केही व्यवसायीक घरानासँग जोडेर पनि कुरा उठाएको बताउँदै उहाँले अहिलेसम्मको आफ्नो २० वर्षे राजनीतिक जीवनमा कुनै व्यवसायीक घरानाका लागि काम नगरेको प्रष्ट पार्नुभयाे ।
कृषकले प्रयोग गर्ने मलमा कुनै मूल्य नबढेको र नबढ्ने पनि उहाँले प्रष्ट पार्नुभयो । विद्युतिय सवारीमा कर लगाउने नेपाल मात्र नभएको बताउँदै खतिवडाले विभिन्न देशको उदाहरण दिनुभयो ।
परिस्थिति अनुकूल हुँदै जाँदा घटाउने गरी विद्युतीय सवारीमा कर लगाएको उहाँले बताउनुभयो । पुस्तक व्यवसायीको कारोवारलाई पारदर्शी बनाउन कितावमा कर लगाएको उहाँँले बताउनुभयो ।
चक्लेट खाद्यवस्तु भएको बताउँदै उहाँले ६० प्रतिशत करबाट घटाएर ३० प्रतिशतमा झारेको बताउनुभयो । अहिले पनि चकलेटमा ५४ प्रतिशत इफेक्टिभ कर लाग्ने उहाँले प्रष्ट पार्नुभयोे ।
