काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र सार्वभौमसत्ताको विषयमा नेपालीलाई कसैले फुटाउन नसक्ने बताउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ माथिको दफावार छलफलमा बोल्दै देउवाले भन्नुभयो - ‘राष्टिय एकता, सर्वाभौम सत्ता र अखण्डताका लागि सबै नेपाली एक छन् भन्ने देखाएको छ ।’
सम्पूर्ण नेपालीको सहयोगबाट अहिलेको अवस्थामा पुग्न सकेको उहाँले बताउनुभयो । आगामी दिनमा पनि यस विषयमा सम्पूर्ण नेपालीको एक हुने हुने देउवाले विश्ववास व्यक्त गर्नुभयो ।
साेहीअनुसार कांग्रेस पार्टीको बैठक र संसदीय दलले समेत संविधान संसोधनको पक्षमा निर्णय गरिसकेको उहाँले बताउनुभयो । सुगौली सन्धि अनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको देउवाले बताउनुभयो । ‘मेरो बोल्नु धेरै छैन, यो संसोधन प्रस्ताव छिटो पास होस्’, बैठकमा देउवाले भन्नुभयो ।
चीनको नक्सामा पनि कुटियांदी भनिएको छ जसको अर्थ कालीनदी नै भन्ने हुन्छ, त्यसकारण यो नेपालको भूभाग हो भन्ने स्पष्ट छ- उहाँकाे भनाइ छ । संशोधनका पक्षमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितकाे पक्षमा छ भन्ने देखिएको छ।
