काठमाडौं । 'यो भूमि हाम्रो पूर्खाको रगतले बनेको भूमि हो' - नेमकिपाका सांसद् प्रेम सुवालले भन्नुभयाे ।
प्रतिनिधि सभामा नेपाल संविधान दाेस्राे संशोधन विधेयक, २०७७ माथिको दफावार छलफका क्रममा उहाँले संशोधन विधेयकमा समर्थन जनाउँदै त्यसाे भन्नुभएकाे हाे ।
३० वर्ष यताका प्रधानमन्त्री, भूमि मन्त्री, परराष्ट्र मन्त्री तथा गृह मन्त्रीसँग गुमाएका भूमिबारे जवाफ माग्नुपर्ने पनि बताउनुभयो । कूटनीतिज्ञका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरा ६० वर्ष अगाडि कब्जा गरिएको तथ्य प्रमाणित हुने हुँदा अहिलेको संसद्ले उनीहरूसँग जवाफ माग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
अरु राष्ट्र तथा चीनले नेपाललाई दबाव दिएर मानचित्र सार्वजनिक गर्न लगाएको भन्ने भारतीय अधिकारीहरुको भनाई ब्वाँसोले पाठोलाई पानी धमिलाएको आरोप जस्तै रहेको उहाँले बताउनुभयो ।
नेपालको निशान छापअनुसार नेपालको सुस्ता, महेशपुर लगायत खुल्ला सीमामा ७१ ठाउँमा अतिक्रमण भएको भूमि समेत नेपालको क्षेत्रफलमा गाभेर संयुक्त राष्ट्र संघ तथा अन्य अन्तराष्ट्रिय समुदायलाई सरकारले जानकारी दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
