काठमाडौं । सांसद्हरुले पर्वतकाे कुश्माका पहिराे पीडितलाई तत्काल राहत, उद्धार र पुनस्थापना गर्न माग गर्नुभएकाे छ ।
प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद्द्धय लालकाजी गुरुङ र पदम गिरीले साे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे हाे ।
सांसद् गुरुङले शनिबार राति पहिराेमा परी निधन भएकाका परिवारलाई राहत दिन, पहिराेमा वेपत्ता भएकाकाे खाेजी गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
सांसद् गुरुङले काेराेनाका राेकथाम तथा नियन्त्रणका लागि अाफ्नाे जिल्लामा कुनैपनि रकम नरहेकाे पनि उहाँले बताउनुभयाे ।
अर्का सांसद् गिरीले गएराति गएकाे पहिरोले तुलबहादुर थापा र कमला विकको घर पुरिएर ८ जनाकाे निधन भएकाे र एक जना वेपत्ता भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'तुलबहादुरकाे परिवारका ६ जना र कमलाकाे परिवारका २ जनाकाे निधन एक वेपत्ता भएकाे अवस्था छ ।'
साेही ठाउँ करिब ४० देखि ५० घर पहिराेकाे उच्च जाेखिममा रहेका बताउँदै उहाँले पहिराे पीडितलाई तत्काल राहत र उच्च जाेखिममा रहेकाहरुकाे पुनस्थापना गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
शनिबार राति दुर्लुङको काफलचौरमा खसेकाे पहिराे खसेकाे थियाे । वर्षातकाे समय पनि नजिएकाले पूर्व तयारीमा जुट्न पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
पर्वतमा काेराेना संक्रमितकाे संख्या २६ रहेकाे बताउँदै उहाँले अाइसाेलेशनकाे क्षमता बढाउने स्राेत साधन उपलब्ध गराउन पनि अाग्रह गर्नुभयाे । पर्वतमा २० वेड क्षमताकाे एक मात्र अाइसाेलेशन भएकाे र कम्तिमा एक सय वेडका लागि उचि स्राेत साधन उपलब्ध गराउन सरकारसँग माग गर्नुभयाे ।
पर्वत जिल्ला अस्पतालमा अाईसीयूकाे व्यवस्था गर्न पनि उहाँले अाग्रह गर्नुभयाे ।
