काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दैनिक उठेको राजश्वले दैनिक खर्च धान्न सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले राजश्व संकलनको स्थिति अप्ठेरोमा रहेको बताउनुभयो ।
‘अहिले दैनिक उठाएको राजस्वले दैनिक खर्च धान्ने अवस्था छैन, यसका लागि विभिन्न स्रोतलाई कानुनसंगत ढंगले राजश्व कोषमा दाखिला गर्नुपर्ने अवस्था छ’ - उहाँले भन्नुभयो ।
लकडाउन केही सहज भएकाले राजश्व संकलन वृद्धि हुने संकेत देखिएको समेत उहाँले बताउनुभयो । असारबाट केही सहज अवस्थामा पुगिने उहाँकाे भनाइ छ ।
आर्थिक अवस्था सुदृढीकरणका लागि मिलेर जानुपर्ने उहाँले बताउनुभयो । ‘राजश्वलाई बलियो बनाउने कुरामा सबै लागौँ’- खतिवडाले भन्नुभयो ।
बैंकले अधिक नाफा कमाउने सोँच राख्दा उद्योग व्यवसाय मर्ने र यसको प्रभाव अन्तत बैंकलाईनै पर्ने उहाँले बताउनुभयो । त्यसैले बैँकको ब्याज घटाउँदै लैजाने नीति सरकारले लिएको उहाँले प्रष्ट पार्नुभयाे ।
निजी सवारीसाधन भन्दा सार्वजनिक विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि उहाँले बताउनुभयाे ।
