काठमाडाैं । प्रदेश २ सरकारले आगामी आर्थिक २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट ल्याएकाे छ ।
प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
कूल बजेटमध्ये चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ । वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ विनियाेजन गरिएकाे छ ।
बजेटमा काेराेना राेकथाम स्वास्थ्य पूर्वाधार, पर्यटन पूर्वाधार विकास, कृषिमा प्राथमिकता दिइएकाे उहाँले मन्त्री यादवले बताउनुभयाे । बजेटमा काेराेना रोकथाम, नियन्त्रण र उपचारका लागि आवाश्यक सामग्री खरिद गर्न ७० करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
जनता आवास कार्यक्रमका लागि ८० करोड ७४ लाख र निर्वाचन विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पूर्ण पाठ:
