काठमाडौं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले जाजरकोट घटनाकाे पोष्टमार्टम रिपोर्ट गलत आएको आरोप लगाउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकमा भागलिँदै उहाँले ‘प्रहरी मुचुल्का गर्दा कुटिएको र काटिको देखिएका मृतकको रिपोर्ट आफै नदीमा हामफालेर मरेको कसरी आयो’, भनी प्रश्न गर्नुभयो ।
गलत रिपोर्ट अएपछि आन्दोलनमा उत्रिएका नागरिक माथि लाठि र गोली चलाउने माथि कारबाहीको पनि उहाँले माग गर्नुभयो । उहाँले पोष्टमार्टम रिपोर्ट बनाउने चिकित्सक माथि समेत छानविन गर्नुपर्ने बताउनुभयो ।
रुकुमको चौरजहारीमा प्रेमीकालाई भगाउन गएका एक युवा सहित ६ जनालाई स्थानीयले हत्या गरी भेरी नदीमा शव फालिएको भनी जिल्ला अदालत रुकुममा आइतबार मुुद्दा दर्ता भएको छ ।
