काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान प्रदत्त मौलिक हक कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठकमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री तुम्बाहाङ्फेले भन्नुभयाे - 'माैलिक हक कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ र गर्दै अाएकाे छ ।'
मौलिक हक कार्यान्वयनको सन्दर्भमा १६ वटा ऐन निर्माण गरिसकिएको उहाँले बताउनुभयो । तीमध्ये २ वटा ऐनसँग जोडिएर नियमावली पहिले नै बनाइसकेकाले नयाँ नियमावली बनाइरहनु नपर्ने उहाँले बताउनुभयो ।
बाँकी १४ वटा ऐन मध्ये पनि धेरैका नियमावली बनिसकेका र केही ड्राफ्ट भएका उहाँले बताउनुभयो ।
लकडाउने गर्दा धेरै मुद्दा टुंगाे लगाउन बाँकी रहेको उहाँले स्पष्ट पार्नुभयाे । यसबारेमा सरकार चिन्तित रहेको पनि उहाँले बताउनुभयो ।
स्थानीय न्यायिक समितिकाे क्षमता विकास गर्दै लगिने भन्दै उहाँले बजेट समेत छुट्याइएकाे बताउनुभयाे । जसअन्तरगत २० जिल्लामा कार्यक्रम हुने पनि उहाँले बताउनुभयाे ।
