काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाले नेपाली जनतालाई निराश बनाएको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले यो बीचमा थुप्रै प्रतिवद्धता जाहरे गरिएको भए पनि आयोजनाको अन्योलता नहटेको बताउनु भयाे ।
अन्योलता र निराशाकै बिचमा असार भित्र पानीको टेष्टिङको काम गरिने उहँले बताउनु भयो । ‘अब त्यति धेरै शंका उपशंका नगरौँ’ भन्दै उहाँले आग्रह गर्नुभयाे ।
खानेपानीको चरम अभाव रहेका सुक्खा क्षेत्रमा पम्पिङ आयोजनाहरु सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयाे ।
नयाँ कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम, स्थानीय तह, केन्द्रका योजना र बजार क्षेत्रका योजनालाई क्रमश कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।
अहिलेको महामारीको आवश्यकतालाई सम्बोधन गर्ने गरी क्वारेन्टाइन र आइसोलेसनमा पानी र ट्याइलेटको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
