काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विकले युवा स्वरोजगार कोष मार्फत विदेशबाट आउने युवालई स्वरोजगार बनाउने बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठकमा विनियाेजन विधेयक माथिकाे छलफलमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री विकले युवालाई विनाधितो ऋण दिएर स्वरोजगार बनाउने कार्यक्रम ल्याएको बताउनुभएको हो ।
सरकारले खेलाडीको मनोबल बढाउने काम गरिहेको भन्दै उहाँले कोरोनाको बिचमा पनि खेलाडी र प्रशिक्षकलाई पुरस्कार वितरण गरिएकाे जानकारी दिनुभयाे ।
नेपाली ओलम्पियनहरुलाई मासिक सम्मान भत्ता दिने कार्यलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । यसैगरी स्वर्णपदक बिजेतालाई आगामी आर्थिक वर्षबाट मासिक छ हजार रूपैयाँका दरले सम्मान भत्ता दिइने उहाँले बताउनुभयो ।
