काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले अब किसानले लगाएका बिरुवाको अभिलेख राखिने बताउनु भएकाे छ ।
राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री वस्नेतले वृक्षारोपण गर्दा अब काठ मात्र नभइ फलफूल र जडिबुटीसँग पनि जोडेर लगिने उहाँले बताउनुभो ।
'किसानले रोपेको विरुवाको अहिलेसम्म अभिलेखिकण गर्न सकिएकाे छैन,अब कृषकले लगाएको विरुवाको पनि अभिलेख राखिन्छ'- उहाँले भन्नुभयाे ।
कृषि, पशु, विपत व्यवस्थापन लगायत क्षेत्रमा बजेट विनियोजन गरी नेपालमा वन संरक्षणका लागि कार्यक्रम आएको उहाँले बताउनुभयो । विपद् सामना गर्न योजना समाजमूखि बन्नुपर्ने उहाँले बताउनुभयो ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व बढेको बताउँदै उहाँले वासस्थान विकास, वन्यजन्तु प्रवेस रोक्ने घेरा निर्माण र क्षतिमा राहतका कार्यक्रम जोडेर ल्याएको बताउनुभयो ।
मन्त्री वस्नेतले चुरे संरक्षणको कार्यक्रम कहिलैपनि नसकिने कार्यक्रम जस्तो देखिएको बताउनुभयो । चुरेको तलको भागको लागि मात्र काम गर्ने तर माथिल्लो भेगमा काम नगर्दा विनाश नरोकिएकाले अब चुरेको माथिल्लो क्षेत्रमा कार्यक्रम केन्द्रित हुने उहाँले बताउनुभयो ।
‘अब तल्लो भागमा थोरै र माथिल्लो भागमा धेरै कार्यक्रम गरिने छ’, उहाँले भन्नुभयो । तल्लो भागमा बाढी नियन्त्रण, मधेसमा फलफूल लगायत केही कार्यक्रम गरिएपनि चुरेको कटान नियन्त्रणका लागि माथिल्लो क्षेत्रमा काम गरिने उहाँले जानकारी दिनुभयो ।
्
