काठमाडौं । राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ प्रमाणीकरण भएलगत्तै दीपावली गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ ।
नेपालको संविधान दोस्रो संशोधन विधयक,२०७७ माथिको दफावार छलफलमा बाेल्दै उहाँले साे अपिल गर्नुभएकाे हाे ।
‘यो विधेयक पारित भएर प्रधानमन्त्रीले जतिसक्याे चाँडाे राष्ट्रपतिकोमा गएर यसलाई प्रमाणीकरण गरेर देशवासीको नाममा पठाइदिनुहुन्छ , हर्षोउल्लासको वातावरण बन्छ’- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री केपी शर्मा ओली ऐतिहासिक क्षणको ऐतिहासिक नेता भएकोमा उहाँले बधाई दिनुभयाे –‘अटुट विश्वास, सालिन र संयमताका धनी प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्ध कहिले पनि खलबलाउन दिनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले वार्ताबाट नै समाधानकाे निश्चित खोजि गरेर आफ्नै कार्यकालमा ऐतिहासिक निर्णय गरी सफलता पाउनुहुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रियतको सवालमा अग्नि परीक्षा समे दिन तयार भएको भन्दै उहाँले संविधानको विषयमा एक भएर समर्थन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
