काठमाडौं । सांसद् पूर्ण कुमारी सुवेदीले मोटरसाइकलमा एक जना मात्र बस्न मिल्ने नीति व्यवहारिक नभएको बताउनभएको छ ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो –‘कतिपय कार्यलयमा श्रीमान् श्रीमती जानुपर्ने हुन्छ, बिरामी परेका घरका सदस्यलाई लिएर हिँड्नुपर्छ, त्यसकारण यो नीति व्यवहारिक भएन ।’
सरकारले माेटरसाइकल पछाडि अरु मानिस राख्न नहुने नियम बनाएकाे छ ।
उपभोक्ताहरुको भीडभाड नहुने कार्यालयहरु दुई सिफ्ट नखोल्दा पनि हुने सुझाव उहाँले दिनुभयो । क्वारेन्टाइनमा बलात्कारका घटना बढिरहेको हुँदा बलात्कारीहरुलाई कडा कारवाही गर्न माग गर्नुभयो ।
