काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम घटनालाई लिएर सरकारको आलोचना गर्नुको कुनै अर्थ नभएको बताउनुभएको छ ।
विनियोजन विधेयकमाथि राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री अाेलीले रुकुम घटनाका आरोपीलाई सरकारले कारबाहीको प्रक्रियामा ल्याइसकेको बताउनुभयाे ।
छानविन समिति समेत बनेकोले यसमा सरकारको आलोचना गर्नुको कुनै अर्थ नभएको उहाँले बताउनुभयो ।
क्वारेन्टाइनभित्र महिलामाथि भएको बलात्कारको घटना मानवताविरुद्धको कलंकको घटना भएको बताउँदै उहाँले त्यो घटना क्षम्य नहुने बताउनुभयो । प्रधानमन्त्रीले अाेलीले दोषीहरुलाई पक्राउ गरिसकिएको र हदैसम्मको कारवाही गरिने पनि बताउनुभयाे ।
'तीन जनाबाट त्यस्तो घटना गर्न पनि लाजसरम हुनुपर्ने तीनलाई पशु भन्न मिलेन पशु पनि त्यस्तो गर्दैन'- उहाँले बताउनुभयाे । साे घटनाको जति निन्दा गरे पनि कम हुने भन्दै उहाँले यस्ता अपराध गर्ने जो कोही भएपनि सरकारले कडा कारबाही गर्ने बताउनुभयाे ।
