काठमाडाैं । नागरिकता सम्बन्धि विधेयक संसदीय समितिबाट बहुमतले पारित भएकाे छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिने प्रस्तावसहितकाे विधेयक बहुमतले पारित गरेकाे हाे ।
अाइतबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले वैवाहिक अंगिकृतलाई सात वर्षपछि मात्र नागरिकता दिने प्रस्तावसहित नागरिकता एेन २०६३ लाई संशोधन गर्न बनेकाे विधेयक बहुमतले पारित गरेकाे हाे । अब साे विधेयक प्रतिनिधि सभामा पठाइनेछ ।
साे विधेयक उपर समितिमा दुई वर्षदेखि छलफल भएकाे थियाे ।
समितिकाे बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीका सांसद्हरुले साे प्रस्तावमा फरक मत राखेका थिए । उनीहरु नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिनुपर्ने पक्षमा उभिएका हुन् ।
समितिमा नेकपाका सभापति शशी श्रेष्ठसहित १४ जना प्रमुख प्रतिपक्षी कांग्रेसका ६ जसपाका ४ जना सांसद छन् । नेमकिपाका एक र एक जना स्वतन्त्र सांसद छन् ।
