काठमाडौं । सांसद् शेखर कुमार सिंहले हात्ती आतंक रोक्न ठोस योजना बनाउनुपर्ने बताउनु भएकाे छ ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सिंहले हात्ती अातंकका कारण खेतीपातीसँगै मानवीय क्षति समेत भएकाले यसलाई ठाेस याेजना बनाउन अाग्रह गर्नुभयाे ।
खेती गर्ने समय समयसँगै आतंक पनि बढ्ने उहाँले बताउनुभयो । हात्ती आतंकले बर्षेनी पाँच सात विघा जमिनमा लगाएको खेती नष्ट हुने गरेको उहाँले बताउनुभयाे । हात्ती अातंकका कारण मानवीय क्षति समेत हुने गरेको भन्दै उहाँले ठोस योजना बनाउन माग गर्नुभएकाे हाे ।
वर्षायाम सुरु भइसक्दा पनि प्रदेश नम्बर २ का खोलानालामा तटबन्द निर्माण नभएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सप्तकोशी नगरपालिकामा गंगाजली खोलाको विष्णु बाँध टुटेको र त्यसबाट हजारौं कृषि योग्य जमिन बालुवामा परिणत हुने भन्दै उहाँले उचित व्यवस्थापन गर्न माग गर्नुभयो ।
