काठमाडौं । सांसद् मृगेन्द्रकुमार सिंहले अंगीकृत नागरिकता सम्बन्धि सात वर्षे प्रावधान गलत रहेकाे बताउनु भएकाे छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतकाे दम्भमा साे प्रस्तावमा निर्णय लिइएकाे उहाँकाे भनाइ छ ।
समितिकाे अाइतबार बसेकाे बैठकले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिने प्रस्तावसहितकाे विधेयक बहुमतले पारित गरेकाे थियाे ।
सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद् सिंहले सो निर्णयले समुदाय र संस्कृतिमाथि आक्रमण भएको उहाँले बताउनुभयो । ‘हाम्रो समुदायमा सिन्दुरको धेरै महत्व छ, त्यसैले सिन्दुरको अपमान नगराैं’- उहाँले भन्नुभयो ।
नागरिकता विधेयक सम्बन्धमा गम्भीर भए सोँच्न पनि उहाँले आग्रह गुर्नभयो । उहाँले मलको हाहाकार भएकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
