काठमाडौं । सांसद् रामनारायण विडारीले भन्नुभयाे - 'सरकारले चीनको झोला बोक्यो भनेर लान्छना लगाउनु लज्जास्पद र घटिया अभिव्यक्ति हाे ।' राष्ट्रिय सभा बैठककाे विशेष समयमा बोल्दै सांसद् बिडारीले प्रश्न गर्नुभयाे - 'नेपालले अाफ्नाे संविधान अनुसार कानुन बनाउँदा चीनकाे झाेला बाेकेकाे हुन्छ ?'
नागरिकतासम्बन्धी सात वर्षे प्रावधानमा केही सांसद्हरुकाे नागरिकता विधेयकले राष्ट्रवाद कमजोर भयो, संस्कृतिमाथि प्रहार भयाे भारतले छाेरी नदिने भयो भन्नुभएकाे थियाे । त्यसकाे खण्डन गर्दै विडारीले यसाे भन्नुभएकाे हाे ।
राष्ट्रियताका गम्भीर विषयमा सदनमा बोल्दा संवेदनशील रुपमा नबोले मात्र राष्ट्रवाद कमजोर हुने सांसद् विडारीले बताउनुभयाे । भारतसँगको सम्बन्ध विगार्ने विधेयक, सरकारले चीनको झोला बोक्यो भनेर लान्छना लगाउनु लज्जास्पद भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
भारतीय नागरिकलाई मात्र लागू हने गरी सदनले कानुन बनाएको हो ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो – ‘संसारका कुनै पनि देशका युवतीलाई नेपाली युवाले विवाह गर्न सक्छन् याे छुट छ, त्यसर्थ भारतीय नागरिकलाई मात्र लागू हुने कानुन होइन भन्ने बुझ्न म अनुराेध गर्छु ।’
विगतमा विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गर्नासाथ नागरिकता पाएका कारण अधिकारको दुरुपयोग हुने गरेको भन्दै उहाँले भन्नुभयो – ‘अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद् बनाउने मेलोमा छैनौं, याे कुरामा ढुक्क हुनुस्’
अबको नेपाल आधुनिक नेपाल, लोकतान्त्रिक नेपाल, स्वाभिमानी नेपाल, राष्ट्रका लागि समर्पित नेपाल भएको हुँदा कुनै पनि देशको मोडलमा नजाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी नेपाली हौं नेपालको संविधान अनुसार जान्छौं ।’
भारतले छोरी नदिने भनेर एक जना सांसद् धुरुधुरु राेएकाे प्रसंग सुनाउँदै सांसद् बिडारीले भन्नुभयाे - 'भारतले छोरी नदिए केही फरक पर्दैन नेपाली छोराले नेपाली छाेरीसँग बिहे गर्छन् ।'
मधेसका महिलाहरुको उत्थानका लागि, अधिकार संरक्षण गर्न विधेयक आएको भन्दै उहाँले अब सांसद्हरको ध्यान उनीहरुको संरक्षण गर्नतर्फ लाग्नुपर्ने उहाँको भनाई छ ।
सार्वभौम राष्ट्रहरुले आफ्नै नागरिकतासम्बन्धी आफ्नै प्रकारको नीति लिने भन्दै उहाँले भन्नभयो – ‘हाम्रो देश आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितका नागरिकताका बारेमा बोलिरहेको छ ।
