काठमाडाैं । संसदीय विशेष समितिले रुकुम पश्चिमको घटना छानविनकाे प्रतिवेदन सभामुख अग्निप्रसाद सापकाेटालाई बुझाएको छ ।
समितिले मंगलबार दिउँसाे सभामुखकाे कार्यकक्ष सिंहदरबार पुगेर समितिले रुकुम प्रतिवेदन बुझाएकाे हाे ।
प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने कुराको हेक्का आफुले राखेको उहाँले बताउनुभयो ।
०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम चौरजहारी नगरपालिकाकाे साेती घटनाबारे सत्यतथ्य अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न सांसद् देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।
समितिलाई काम सुरु भएको मितिले जेठ ३१ एक महिनाभित्र प्रतिवेदन तयार गर्न समय दिइएकाे थियाे । साेही अनुसार समितिले सभामुखलाई प्रतिनिधि बुझाएको हो ।
साे घटनामा ६ जना युवाकाे ज्यान गएकाे थियाे ।
