काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धीत आयोजना प्रमुखले समयमै सोध भर्ना नगर्ने प्रवृतिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बताउनु भएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले भुक्तानी दाबी ढिलो गरी आउने र आयोजनाको सोध भर्ना नगर्ने प्रवृतिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको बताउनुभयाे ।
भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरूले समयमा दाबी नगर्ने तथा सोध भर्ना नलिने नै रहेको मन्त्री खतिवडाको भनाइ थियो । आर्थिक वर्षको अन्त्यमा मात्रै सोधभर्ना लिँदा असार मसान्तमा खर्च बढी देखिएको उहाँले प्रष्ट पार्नुभयाे ।
कतिपय अवस्थामा सोध भर्ना लिन मन्त्रालयले नै ताकेता गर्नुपरेको खतिवडाले जानकारी दिनुभयाे । असार महिनामा सोधभर्ना धेरै आउने भएकाले असारमा नै भुक्तानी र खर्च बढी देखिएको उनले बताउनुभयाे । ‘भुक्तानी ढिलो हुनमा आयोजना प्रमुखहरूले समयमा दाबी गर्नुहुन्न, सोधभर्ना लिनुहुन्न । सोधभर्ना लिनलाई ताकेता गरिरहनुपर्छ र बल्लबल्ल स्रोतको सोधभर्ना आउँछ । सोधभर्ना पनि फेरि जेठ र असारमा धेरै आउँछ । असारमा सोधभर्ना आउँदाखेरी विदेशी सहायता पनि देखिन्छ र खर्च पनि त्यहाँ नै देखिन्छ’ - उहाँले भन्नुभयाे ।
राजस्व पनि असार मसान्तमा धेरै उठ्ने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गरेको खतिवडाको भनाइ थियो । बजेट कार्यान्वयन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनअनुसार खरिदमा विवेक र ढंग पुर्याउन नसके विवादमा पर्नसक्ने भएकाले पनि खर्चका प्रक्रियामा कठिनाई र ढिलाई हुने गरेको उहाँले बताउनुभयाे ।
बजेट कार्यान्वयनको असर जनतामा परेको सम्बन्धमा भने गरिबी, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण लगायत परिसूचकको आधारमा हेर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयाे । उहाँले परिसूचकहरूमा मात्रै छलफल गर्न आफू तयार रहेको बताउनुभयाे । उहाँले जनताले अपेक्षा गरेका सबै कुरा पुरा नभएपनि धेरै विषयहरू पुरा हुने भएकाले मतदाता समक्ष भन्न सक्ने आधार खडा हुने भन्दै सांसदहरूलाई विश्वस्त हुन आग्रह गर्नुभयाे ।
मन्त्री खतिवडाले बेरुजुलाई रकममा नहेरी प्रतिशतमा हेर्न पनि आग्रह गर्नुभयाे । प्रतिशतमा हेर्दा अर्थमन्त्रालयको बेरुजु स्वीकार योग्य नै रहेको उहाँको भनाइ थियो । बेरुजु देखिँदैमा भ्रष्टाचार भयो भन्ने नसोच्न उहाँको आग्रह थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु भएका मन्त्रालयको पहिलो नम्बरमा अर्थ मन्त्रालय थियो ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले खर्च गर्ने सम्बन्धमा नियमित रूपमा समस्या भएको र यो अध्ययनको विषय भएको बताउनुभयाे । उहाँले जनशक्ति नभएर, सामर्थ्य नभएर वा स्रोत नभएर खर्च हुन नसकेको भन्ने विषयमा स्वतन्त्र अध्ययन हुनुपर्ने बताउनुभयाे । सरकारले खर्च गर्ने सामर्थ्य नै नराखेकोले देश विकास हुने सम्भावना पनि नभएको उहाँको भनाइ थियो ।
‘खर्च गर्ने सामर्थ्यको सन्दर्भमा पनि यो नियमित रूपमा समस्या छ । किन हाम्रो खर्च हुँदैन भन्ने कुराको एउटा नितान्त नयाँ हिसाबले मन्त्रालयले अध्ययन गर्नुपर्ने देख्छु । हाम्रो जनशक्ति नभएर हो या हाम्रो अन्य सामर्थ्य नभएर हो या हाम्रो स्रोत नै नभएर हो या अर्थ मन्त्रालयले पैसा समयमा नदिएर हो ? यसको स्वतन्त्र अध्ययन हुनुपर्ने मैले देखिरहेको छु,' उहाँले भन्नुभयाे, 'हामीले पैसाको स्रोतको अभाव छैन भन्छौं तर पैसा खर्च हुँदैन । खर्च नहुने कारणहरूको बारेमा पनि खोजिनिति भएको छैन । विगतदेखि नै यो समस्या हामीले भोगिरहेका छौं । यसको समाधानका निम्ति पनि यथोचित प्रयास भएको छैन ।’
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यसअघि दिएका निर्देशन मन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आलोचना गर्नुभयाे । ‘एउटा सबल समयमा सबल अर्थतन्त्र उहाँको हातमा थियो । तर त्यसलाई उहाँले एउटा स्वेतपत्र जारी गर्नुभयो । स्वेतपत्र जारी गरिसकेपछि हामीलाई पनि लागेको थियो यो दुईवटा बजेट आउँदा खेरी मुलुकले फड्को नै मार्ला जस्तो लागेको थियो । तर मुलुकले केही फड्को मार्न सकेको छैन,' उहाँले भन्नुभयाे, 'झन अनियमितता बढेर गएको छ ।’
भुक्तानी दावी ढिलो गरी आउने र आयोजनाको सोधभर्ना नगर्ने प्रवृतिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको बताउनुभयो । उहाँले भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरुले समयमा दावी नगर्ने तथा सोध भर्ना नलिने नै रहेको बताउनुभयो ।
उहाँले आर्थिक वर्षको अन्त्यमा मात्रै सोध भर्ना लिँदा असार मसान्तमा खर्च बढी देखिएको बताउनुभयो । उहाँले कतिपय अवस्थामा सोधभर्ना लिनका लागि मन्त्रालयले नै ताकेता गर्नुपरेको जानकारी गराउनुभयो । असार महिनामा सोधभर्ना धेरै आउने भएकाले असारमा नै भुक्तानी र खर्च बढी देखिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो - ‘भुक्तानी ढिलो हुनमा आयोजना प्रमुखले समयमा दावी गर्नुहुन्न, सोधभर्ना लिनुहुन्न । सोधभर्ना लिनलाई ताकेता गरिरहनुपर्छ र बल्लबल्ल स्रोतको सोधभर्ना आउँछ । सोधभर्ना पनि फेरी जेठ असारमा धेरै आउँछ । असारमा सोधभर्ना आउँदाखेरी विदेशी सहायता पनि त्यहि देखिन्छ र खर्च पनि त्यहि देखिन्छ ।’
अर्थमन्त्री खतिवडाले राजश्व पनि असार मसान्तमा धेरै उठने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गरेको बताउनुभयो । बजेट कार्यान्वयन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन अनुसार खरिदमा विवेक र ढंग पु¥याउन नसके विवादमा पर्न सक्ने भएकाले पनि खर्चका प्रक्रियाहरुमा कठिनाई र ढिलाई हुने गरेको बताउनुभयो ।
बजेट कार्यान्वयनको असर जनतामा परेको सम्बन्धमा भने गरिबी, रोजगारी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण लगायतका परिसूचकको आधारमा हेर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो । उहाँले परिसूचकहरुमा मात्रै छलफल गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले जनताले अपेक्षा गरेका सबै कुरा पुरा नभएपनि धेरै विषयहरु पुरा हुने भएकाले मतदाता समक्ष भन्न सक्ने आधार खडा हुने भन्दै सांसदहरुलाई विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले बेरुजुलाई रकममा नहेरी प्रतिशतमा हेर्न पनि आग्रह गर्नुभयो । प्रतिशतमा हेर्दा अर्थमन्त्रालयको बेरुजु स्वीकार योग्य नै रहेको बताउनुभयो । उहाँले बेरुजु देखिदैमा भ्रष्टाचार भयो भन्ने नसोच्न आग्रह गर्नुभयो ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले खर्च गर्ने सम्बन्धमा नियमित रुपमा समस्या भएको र यो अध्ययनको विषय भएको बताउनुभयो । उहाँले जनशक्ति नभएर, सामथ्र्य नभएर वा स्रोत नभएर खर्च हुन नसकेको भन्ने विषयमा स्वतन्त्र अध्ययन हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले खर्च गर्ने सामथ्र्य नै नराखेकोले देश बन्ने सम्भावना पनि नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘खर्च गर्ने सामथ्र्यको सन्दर्भमा पनि यो नियमित रुपमा समस्या छ । किन हाम्रो खर्च हुँदैन भन्ने कुराको एउटा नितान्त नयाँ हिसाबले मन्त्रालयले अध्ययन गर्नुपर्ने देख्छु । हाम्रो जनशक्ति नभएर हो या हाम्रो अन्य सामथ्र्य नभएर हो या हाम्रो स्रोत नै नभएर हो या अर्थमन्त्रालयले पैसा समयमा नदिएर हो के चिज यसका पछाडिका कारणहरु छन यसको स्वतन्त्र अध्ययन हुनुपर्ने मैले देखिरहेको छु । कुरा गर्दा हामीले पैसाको स्रोतको अभाव छैन भन्छौं तर पैसा खर्च हुँदैन् । खर्च नहुने कारणहरुको बारेमा पनि खोजिनिति भएको छैन र त्यो अनगोइङ क्यारि भइराखेको छ । विगत देखि नै यो समस्या हामीले क्यारीअन गरिराखेका छौं । यसको समाधानका निम्ति पनि यथोचित प्रयास भएको छैन् । अरु देशहरुले काम गर्ने सामथ्र्य देखाएरै अघि बढीराखेका छन् । काम गर्ने सामथ्र्य नहुने वित्तीकै फेरी देश बन्दैन । जुन देशमा काम गर्ने सामथ्र्य हुँदैन त्यो देश बन्ने पनि सम्भावना हुँदैन । हाम्रो अहिले हालत मैले त्यही देखिराखेको छु । काम गर्ने सामथ्र्य नभएको देशको रुपमा अहिले मैले देखिराखेको छु ।’
बाइट... सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यस अघि दिएका निर्देशनहरु अर्थमन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले बजेट खर्चमा पनि सरकार गम्भिर नभएको बताउनुभयो । उहाँले सबल समयमा सबल अर्थतन्त्रको जिम्मेवारी पाउनुभएका अर्थमन्त्रीको काम गर्ने प्रवृतिले अर्थतन्त्रमा चुनौति थपिएको बताउनुभयो । भ्रटाचार बढ्दै गएको तर सरकार गम्भिर नभएको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो ‘एउटा सबल समयमा सबल अर्थतन्त्र उहाँको हातमा थियो । तर त्यसलाई उहाँले एउटा स्वेत पत्र जारी गर्नुभयो । स्वेतपत्र जारी गरिसकेपछि हामीलाई पनि लागेको थियो यो तीनवटा बजेट अहिले कोभिडको म कुरा गर्दिन दुईवटा बजेट आउँदा खेरी मुलुकले फडको नै मार्ला जस्तो लागेको थियो । म तथ्याङ्क तिर जान चाहन्न तर मुलुकले केही फडको मार्न सकेको छैन् । झन अनियमितता बढेर गएको छ । अव भ्रष्टाचार बढेको छ । हरेक चिजमा अहिले मान्छेहरु भ्रष्टाचार गरिरहेका छन् । भ्रष्टाचार नहुँदाखेरीपनि मान्छेहरुलाई के लागिराखेको छ भने अवश्य त्यहाँ भ्रष्टाचार छ भन्ने छ । त्यस किसिमको विश्वसनियताको ह्रास दिन दिनै आएको छ । यो केवल अर्थमन्त्रालयको मात्रै होइन् यो हाम्रो पद्धतिकै निमित्त धेरै गम्भिर कुरा हो । त्यस दिशामा सरकारले मुलुकलाई लगिराख्नु एउटा अनिष्टको संकेत हो ।’
बाइट... ज्ञानेन्द्र बहादुर कार्की, पूर्व अर्थमन्त्री
बैठकमा सांसदहरुले विज्ञ अर्थमन्त्री भएर पनि अर्थतन्त्रमा सुधार ल्याउन नसकेको भन्दै अर्थमन्त्री खतिवडाको आलोचना गरे । उनीहरुले सरकारका कामकारबाही हेदा अवको चुनावमा मतदातालाई के भन्ने चिन्ता बढ्दै गएको बताए । उनीहरुले सरकारी खर्च बढाएर विकास निर्माणका कामलाई तिब्रता दिन सरकार गम्भिर नभएको बताए ।
–––
