हेटाैंडा । प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक वाग्मती प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको वाग्मती प्रदेशसभाको प्रदेशसभाकाे दाेस्राे बैठकले साे विधेयक पारित गरेकाे हाे ।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टलले विधेयक पारित गरियोस् भनी राख्नुभएकाे प्रस्ताव सर्वसम्मतिले पारित भएकाे हाे ।
बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले संक्षिप्त कुरा गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनका साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकाेमा खुशी व्यक्त गर्नुभयो ।
