काठमाडौं । बाग्मती प्रदेश सभाको जारी बजेट अधिवेशन आजबाट अन्त्य हुने भएको छ । अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने छ ।
बिहिबार प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सूचना जारी गरी प्रदेश सभा बैठक राति १२ बजेबाट अन्त्य गरिएको बताउनुभएको छ । यस अघि बिहिबार बसेको प्रदेश मन्त्री परिषदको बैठकले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्री परिषदले प्रदेश प्रमुख विष्णु प्रसाईँ समक्ष बजेट अधिवेशन अन्त्यको लागि सिफारिस गरेपछि प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सूचना जारी गरी अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको छ ।
गएको जेठ १२ गतेबाट सुरु भएको बाग्मती प्रदेशको वर्षे अधिवेशनले प्रदेशको नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । साथै बैठकले विभिन्न विधेयक समेत पारित गरेको छ ।
