काठमाडाैं । राष्ट्रिय सभाका चार समितिका सभापति सभापतिहरू निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
राष्ट्रिय सभामा शुक्रबार भएको चुनावमा चारै समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । याेसँगै चारै समितिले पुराना अनुहार पाएका छन् । तीमध्ये तीन जना नेकपा र एक जना कांग्रेसका सांसद् हुन् ।
विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा र दिगोविकास तथा सुशासन समितिमा तारादेवी भट्ट सभापतिमा निर्वाचित हुनुभएकाे हाे ।
