काठमाडौं । 'छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनका कारण सिमानामा समस्या देखिएकाे छ'- गृहमन्त्री रामबहादुर थापाले भन्नुभयाे ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाेल्दै उहाँले भन्नुभयाे - 'छिमेकीको अतिक्रमणकारी नीतिका कारण समस्या निम्तिरहेकाे छ ।' छिमेकीकाे अतिक्रमणकारी नीति र चिन्तन नहट्दासम्म सीमा समस्या हल नहुने पनि मन्त्री थापाले बताउनुभयाे ।
‘कहिले पिल्लर उखेलेर फालिदिने,कहिले आफै गाडिदिने छिमेकीकाे अतिक्रमणकारी चिन्तन छ, याे चिन्तन नहट्दासम्म सीमा समस्या समाधान हुन गाह्राे पर्छ, यसमा ध्यान दिन आवश्यक छ'-उहाँले भन्नुभयाे ।
सीमा विवाद दुई पक्षबीचको समस्या भन्दै उहाँले भन्नुभयाे - 'स्ट्रिप नक्सा बनाउँदा दुई देशको भूमि यताउता परेकाे छ, याे समस्या कुटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्छ ।'
नेपाली भूभागको र सीमाको रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले यसमा विशेष पहल गर्ने उनको भनाइ छ ।
