काठमाडाैं । नेकपा उपाध्यक्ष वामदेव गाैतमले राष्ट्रिय सभा सदस्यकाे सपथ लिनुभएकाे छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएकाे हाे । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति भण्डारीले गाैतमलाई बिहीबार राष्ट्रिय सभा सदस्य मनाेनीत गर्नुभएकाे छ ।
यसअघि राष्ट्रपतिबाट मनोनीत हुने कोटामा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्य हुनुभएकाे थियाे । खतिवडाकाे दुई वर्षे कार्यकाल गत फागुन २० गते नै सकिएको थियो । त्यसपछि राष्ट्रिय सभामा एक सदस्य पद खाली थियाे ।
तर कार्यकाल सकिएपनि ६ महिना मन्त्री हुन पाउने प्रावधान अनुसार खतिवडा भदाै १९ सम्म मन्त्री पदमा हुनुहुन्थ्याे । उहाँले भदाै १९ मा राजीनामा दिनुभएकाे थियाे ।
