काठमाडौं । नेपाली कांग्रेसका सांसद्ले प्रदेश ५ प्रदेश सभा बैठकमा ताेडफाेड गरेका छन् ।
सभामुख पूर्णबहादुर घर्तीमगरले नाराबाजीबीच पनि राजधानी सम्बन्धि प्रस्तावमाथि छलफल अघि बढाएकाे भन्दै कांग्रेसका सांसदले तोडफोड गरेका हुन् । कांग्रेस सांसद्ले प्रदेश सभा हलभित्र रहेका टेबुल र कुर्ची तोडफोड गरेका हुन् ।
कांग्रेसकाे विराेधबीच प्रदेश सभाकाे दाेस्राे बैठक अहिले बसिरहेकाे छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे छ ।
आजकाे बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।
