काठमाडाैं । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ (देउखुरी) मा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ ।
प्रदेश सभामा मंगलबार भएको मतदानमा देउखुरीमा राजधानी राख्ने प्रदेश सरकारको प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो । कुल खसेको ८२ मतमध्ये देउखुरीका पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो ।
मतदानमा ५ जना सांसद् अनुपस्थित थिए । याेसँगै प्रदेश ५ काे स्थायी राजधानी दाङकाे भालुवाङ अर्थात देउखुरी कायम हुने पक्का भएकाे छ ।
८७ सदस्सीय प्रदेश सभामा नेकपाका ६१ सांसद् छन् । तीमध्ये सभामुख बाहेकका ६० जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका छन् । कांग्रेसका १९ सांसद् छन् । जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद् छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद्लाई पक्षमा मतदानका लागि ह्वीप जारी गरेकाे थियो । कांग्रेसले विपक्षमा मतदान गर्नका लागि ह्वीप जारी गरेको थियो ।
