काठमाडाैं । प्रदेश ५ काे नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ ।
प्रदेश सभामा मंगलबार भएको मतदानमा लुम्बिनी नाम राख्ने प्रदेश सरकारको प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो । कुल खसेको ८३ मतमध्ये लुम्बिनीका पक्षमा ७९ र विपक्षमा ४ मत खसेको थियो ।
यसअघि प्रदेशकाे राजधानी दाङकाे देउखुरी राख्ने प्रस्ताव बहुमतले पारित गरिसकेकाे छ ।
