काठमाडाैं । वाग्मती प्रदेशकाे प्रदेश सचिवालयले लाेगाे परिमार्जन गर्ने भएकाे छ ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको भू-भाग समेटिएकाे मानचित्र राखेर साविकको लोगो परिमार्जन गर्न लागिएकाे प्रदेश सभाले जनाएकाे छ । प्रदेश सभा सचिवालयले बुधबार सूचना निकालेर साे जानकारी दिएकाे हाे ।
उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ३० हजार पुरस्कार दिइने सूचनामार्फत जानकारी दिइएकाे छ । परिमार्जन गरेर बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई वाग्मती प्रदेश सभा लेखेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
१५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन सचिवालयले अनुराेध गरेकाे छ ।
