काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।
आफूमा काेराेना संक्रमण देखिएकाे पालले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएकाे छ । रुघाखोकी, हल्का ज्वरो, सास फेर्न गाह्रो र जिउ दुख्ने समस्या भएपछि कोरोना परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको उहाँले उल्लेख गर्नुभएकाे छ ।
प्रतिनिधि सभाकाे महिला तथा सामाजिक समितिकी सभापति समेत रहनुभएकी पालले कोरोना जितेर आफू छिट्टै काममा फर्कने समेत फेसबुकमा लेख्नुभएकाे छ ।
सांसद् पालले यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई सावधानी र सतर्कता अपनाउन अनुरोध पनि गर्नुभएकाे छ ।
