काठमाडाैं । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकले साे निर्देशन दिएकाे हाे । समितिले साेमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेकाे थियाे ।
छलफलका क्रममा सांसद्हरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने सरकारकाे निर्णयप्रति असहमति जनाएका थिए । त्यसपछि समितिले साे निर्णय फिर्ता लिन निर्देशन दिएकाे समिति सभापति शशी श्रेष्ठले जानकारी दिनुभयाे ।
'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने आवश्यक भए सदनबाट निर्णय गर्नुपर्ने तर नभए निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको हाे'- उहाँले भन्नुभयाे
असोज ११ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नेपालको औपचारिक नाम नेपाल मात्र लेख्ने निर्णय गरेकाे थियाे ।
