काठमाडाैं । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद् मोहनबहादुर पाण्डेले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा साेमबारसभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका नवनिर्वाचित सांसद् पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हाे ।
शपथपछि सभामुख सापकोटाले सांसद् पाण्डेलाई बधाईसँगै सफल कार्यकालको शुभकामना दिनुभयाे । साे अवसरमा सभामुख सापकोटाले सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीक चिह्न पनि दिनुभयाे ।
पद तथा गोपनियताको शपथ लिएपछि सांसद् पाण्डेले देश र जनताका लागि काम गर्ने बताउनुभयाे । सदनमा प्रतिपक्षिको भूमिकालाई सशक्त बनाउन लागिपर्ने समेत उहाँले बताउनुभयाे ।
माेहनबहादुर नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद् बन्नुभएकाे हाे । सांसद् सूर्यबहादुर केसीको निधन भएपछि साे पद रिक्त थियाे । कांग्रेसले साे पदमा पाण्डेलाई सांसद् बनाउन निर्वाचन आयाेगसमक्ष सिफारिस गरेकाे थियाे ।
साेही अनुसार साे पदमा निर्वाचन आयोगले पाण्डेलाई निर्वाचित गरेको हो ।
