काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताकाे समय सम्बन्धमा संघीय संसद् सचिवालयले प्रष्ट पारेकाे छ ।
सचिवालयले बुधबार सूचना निकालेर अविश्वास प्रस्ताव दर्ता भएकाे समय सम्बन्धी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
केही सञ्चार माध्यमले पुस ५ गते बिहान प्रतिनिधि सभा विघटन अघि नै अविश्वासकाे प्रस्ताव दर्ता भएकाे समाचार लेखेका थिए । सचिवालयले सो प्रस्ताव सभामुख अग्निप्रसाद सापकाेटाको तोक आदेश भएपछि सोहि दिन दिउँसाे साढे ३ बजे कार्यव्यवस्था शाखामा दर्ता भएको प्रष्ट पारेकाे छ ।
