काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको हिउँदे अधिवेशन आव्हान गर्नुभएकाे छ ।
राष्ट्रपति भण्डारीले नेपालकाे संविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम पुस १७ गते शुक्रबार अपरान्ह ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गर्नुभएकाे हाे ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति निकालेर साे जानकारी दिनुभएकाे हाे । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे ।
संघीय संसद्को प्रतिनिधि सभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गर्नुभएकाे छ । पुस ५ गते प्रतिनिधि सभा विघटन भएको थियो । त्यसैले हाललाई राष्ट्रिय सभा बैठक मात्र सञ्चालन हुन्छ ।
सरकारकाे सिफारिसमा राष्ट्रपति संघीय संसद्काे अधिवेशन आव्हान गर्ने संवैधानिक व्यवस्था छ ।१८ असारमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गर्नुभएकाे थियाे ।
