काठमाडाैं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस हुने भएकाे छ ।
शुक्रबादेखि सुरु हुने सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा साे अध्यादेश पेस हुने संघीय संसद्काे सचिवालयले जनाएकाे छ । अपराह्न ४ बजेदेखि सुरु हुने बैठककाे सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेकाे छ ।
बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुनाउनु हुने कार्यसूची रहेकाे छ । यसैगरी राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी पत्र पढ्ने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलाे संशाेधन) अध्यादेश पेश गर्नुहुने कार्यसूची छ ।
हेर्नुस् कार्यसूची:
