काठमाडाैं । राष्ट्रिय सभाका एक सांसद्सहित पाँच कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
उहाँहरुमा शुक्रबार संक्रमण पुष्टि भएकाे संघीय संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयाे । राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन सुरु हुने अघिल्लाे दिन सांसद् र कर्मचारीकाे स्वाब परीक्षण गरिएकाे थियाे ।
संक्रमित सांसद् तथा कर्मचारी आइशाेलेशनमा बसेकाे सचिवालयले जनाएकाे छ । सभाकाे हिउँदे अधिवेशन अपरह्न चार बजेबाट सुरु हुँदैछ । काेराेना रिपाेर्ट नेगेटिभ आएका सांसद्लाई मात्र बैठक कक्षमा प्रवेश अनुमति दिइएकाे छ ।
