काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएकाे छ ।
आज अपरान्ह ४ बजेदेखि राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन सुरू भएकाे हाे । बैठककाे सुरुमै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुनाउनु भएकाे छ ।
अधिवेशनकाे पहिलाे बैठकमा राजनीतिक दलका प्रमुख सचेतकले बाेल्ने कार्यक्रम तय छ । पहिलाे बैठकमा आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत अध्यादेश पेस हुने कार्यसूची तय गरिएकाे छ ।
मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिले संघीय संसद्काे अधिवेशन आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
