काठमाडाैं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलाे संशाेधन) अध्यादेश राष्ट्रिय सभामा पेस भएकाे छ ।
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा शुक्रबार साे अध्यादेश पेस भएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीकाे तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले साे अध्यादेश पेस गर्नुभएकाे हाे ।
हालै सरकारले तीन जना मात्रै भए पनि संवैधानिक परिषद् सम्बन्धी बैठक बस्न र निर्णय गर्न मिल्ने गरी अध्यादेश ल्याएकाे थियाे ।
