काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटन गरिएकाेमा आपत्ति जनाएकाे छ ।
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा बाेल्दै जसपाकी सांसद्प्रमिला कुमारीले प्रतिनिधि सभा विघटन गरिएकाेमा आपत्ति जनाउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे - 'विघटन घटना होइन, संविधान माथिकै 'कू' हो ।' प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले नदिएकाे अधिकारकाे प्रयाेग गरेकाे भन्दै उहाँले प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने बताउनुभयाे ।
विघटनकाे मुद्दा अदालतमा छलफलकाे क्रममा रहेकाे भन्दै संवैधानिक इजलासले निकट भविष्यमा प्रतिनिधि सभा पुर्नस्थापना गर्न आदेश जारी गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
