काठमाडाैं । राष्ट्रिय सभाकाे अर्काे बैठक पुस २३ मा गते बस्ने भएकाे छ ।
शुक्रबार बसेकाे बैठकमा विभिन्न राजनीतिक दलका सांसद्ले प्रतिनिधि सभा विघटनलागायत विषयमा आआफ्ना धारणा राखेका थिए । बैठकमा संवैधानिक परिषद् लगायत अध्यादेश पेश भएका छन् ।
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन आजदेखि सुरु भएकाे हाे । प्रतिनिधि सभा विघटन भइसकेकाले राष्ट्रिय सभा बैठक मात्र सञ्चालन हुनेछ ।
