काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
दिउँसाे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली मधेशी आयोगको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
हिउँदे अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन पुस १७ गतेदेखि सुरु भएकाे हाे । पुस १७ काे बैठक संवैधानिक परिषद् सम्बन्धी लगायत अध्यादेश पेस भएका थिए ।
प्रतिनिधि सभा विघटन भइसकेकाले राष्ट्रिय सभा बैठक मात्र सञ्चालन हुनेछ । संघीय संसद्ले कानुन निर्माण, संशोधन लगायत काम गर्छ तर प्रतिनिधि सभा विघटन भएकाे अवस्था भएकाले राष्ट्रिय सभाबाट मात्र यी काम पूर्ण हुन सक्दैनन् ।
किनकी राष्ट्रिय सभाले बनाएका कानुन प्रतिनिधि सभाबाट पारित भएपछि मात्र अन्तिम रूप पाउँछन् । त्यसकारण राष्ट्रिय सभाकाे अधिवेशन चाँडै अन्त्य गर्ने तयारी गरिएको बताइएकाे छ ।
