काठमाडौं । सांसद्हरुले उखु किसानका समस्यादेखि अमेरिकी संसद्मा भएकाे प्रदर्शबारे कुरा उठाएका छन् । राष्ट्रिय सभाकाे शून्य समयमा बाेल्ने सांसद्हरुले ती विषयमा कुरा उठाएका हुन् ।
सांसद् तारादेवी भट्टले उखु किसानकाे विषयमा गम्भीर बन्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । श्रमकाे पैसा दिने र सहमति कार्यान्यवन हुने आश्वासन दिने तर उपलब्धि शून्य हुने उहाँले बताउनुभयाे ।
किसानलाई समयमा मल विउ विजन पनि उपलब्ध नगराउने तर दोब्बर खाद्यान्न उत्पादन गर्नु भनेर सरकारले भनेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - ' यसरी कसरी हुन्छ ?'
सांसद् काेमल वलीले अमेरिकी संसद्मा आज भएकाे हिसांत्मक गतिविधिकाे निन्दा गर्नुभयाे । सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रियालाई यस्तै गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउने उदाहरण याे भएकाे उहाँकाे भनाइ छ ।
