काठमाडौं । 'सत्तारुढ दलहरुमा लागेकाे औंशी पूर्णिमाका कारण प्रतिनिधि सभा विघटन भयाे' - राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले भन्नुभयाे ।
राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सत्तारुढ दलहरुमा हुने झगडा कारण विघटनकाे अवस्थामा पुगेकाे बताउनुभयाे । सरकारलाई संसद् घाडाे भएकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'सरकारलाई संसद् घाडाे भयाे ? संसद् किन अपरझट बन्द हुन्छ ? संसद् खाेल्ने बेला किन भंग हुन्छ ?'
एउटा व्यक्ति हावी हुनका लागि व्यवस्था नै कमजोर पार्नेतर्फ सरकार उन्मूख भएकाे उहाँले आराेप लगाउनुभयाे । उहाँले भन्नुभयाे- 'संविधान च्यातिएको छ चीर नै हरण भएको छ ।'
मौलिक संविधान बनायौं भन्नेहरुले अन्तराष्ट्रिय अभ्यासका आधारमा प्रतिनिधि सभा भंग गरेकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे- 'कहाँ लेखेको छ, संविधानमा अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद् भंग गर्न पाइन्छ भनेर ?' सांसद्हरुले तीन वर्षमा हुन्छ र हुन्न भन्ने काम बाहेक केही नपाएकाे उहाँले बताउनुभयाे । सकारले जे पठायो त्यही पास गर्ने बाहेक सदनमा अरु केही गर्न नपाएकाे उहाँदे बताउनुभयाे ।
जनप्रतिनिधिलाई भूमिकाविहीन बनाउने कुरा उचित नहुने भन्दै उहाँले भन्नुभयाे -'प्रधानमन्त्री केपी शर्मा ओली आफू एक्लै कुद्नुभयाे, फुटaल कसैले एक्लै खेलेको देखेको छौं, फुटबलमा एक गोल गर्नका लाग १२ जना टिम चाहिन्छ भने यो त एउटा संविधानको कार्यान्वयनको विषय थियो, मौलिक हकको कार्यान्वयन थियो,यस्का लागि एक्लै कुदेर कहाँ पुगिन्छ ?'
संविधान बनाउन शक्ति चाहिएपनि कार्यान्यनमा वेवास्ता गर्नु उचित नहुनु उहाँले बताउनुभयाे । 'प्रतिपक्ष सत्तापक्ष सँगै बसेर पनि सकारात्मक कुराहरुलाई समर्थन गरेका नै थियाैं, तर त्यो कुरा सरकारले भूल्याे, प्रम एक्लै कुद्नुभयाे, त्यसैले यो अवस्था आयाे'-उहाँले भन्नुभयाे ।
