काठमाडाैं । 'म प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीकाे विराेधी हाेइन'- राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् रामनारायण बिडारीले भन्नुभयाे ।
बिहीबार बसेकाे बैठकमा प्रचण्ड समूहका सांसद् बिडारीले प्रधानमन्त्रीकाे विराेधी नभएकाे बताउँनुभयाे । उहाँले भन्नुभयाे - 'म प्रधानमन्त्रीकाे विराेधी हाेइन,उहाँका कामकाे विराेधी हूँ ।' सांसद् बिडारीले पार्टीभित्रकाे विवादका कारण प्रतिनिधि सभामाथि प्रहार भएकाे बताउनुभयाे ।
संविधान मस्यौदा लेख्न गठित समितिकाे सदस्य आफू पनि रहेकाे भन्दै उहाँले संविधान निर्माणका क्रममा नै प्रधानमन्त्रीलाई सनक चढे प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिने लेखिएको दाबी गर्नुभयाे ।
प्रधानमन्त्रीले २०४७ सालको संविधान हेरेर प्रतिनिधि सभा विघटन गर्नुभएकाे बिडारीले गर्नुभयाे । विघटन गर्ने प्रधानमन्त्रीकाे अधिकार नभएकाे तर अविश्वासकाे प्रस्ताव ल्याउने अधिकार संविधानले दिएकाे बिडारीले दाबी गर्नुभयाे ।
वैशाखमा चुनाव नहुने दाबी पनि सांसद् विडारीले गर्नुभयाे ।
