काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दै छ ।
दिउँसाे बस्ने बैठकमा 'थारू आयोगको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले 'थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७' सभा समक्ष पेस गर्नुहुने कार्यसूची छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका माननीय सभापति परशु राम मेघी गुरुङले 'विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/७७' पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन १७ पुसदेखि सुरू भएकाे हाे । प्रतिनिधि सभा विघटन भएकाले हाल राष्ट्रिय सभा बैठक मात्रै सञ्चालन भइरहेकाे छ ।
