काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने हुनुभएको हो ।
राष्ट्रिय सभाको यो अधिवेशन आह्वान भएपछि प्रधानमन्त्रीले पहिलो पटक बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रतिनिधि सभा विघटन गर्नु परेको कारण तथा समसायिक विषयमा राष्ट्रिय सभालाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।
