काठमाडाैं । सरकारले राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुष १७ गतेबाट सुरु भएको हो ।
आज बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । प्रतिनिधि सभा विघटन भएकाे अवस्थामा खासै महत्वपूर्ण एजेण्डा नहुने भएकाले अधिवेशन अन्त्य गर्न लागिएकाे बताइएकाे छ ।
मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिले संघीय संसद्काे अधिवेशन आव्हान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।
